Logo
Logo

मुस्ताङबाट ५९० कार्टुन चाइनिज भेपसहित दुई कन्टेनर नियन्त्रणमा


630
Shares

पोखरा । मुस्ताङको लोमान्थाङ गाउँपालिका-४ स्थित एक्लेभट्टीबाट ५९० कार्टुन चाइनिज ईलेक्ट्रिक चुरोट (भेप) तथा अन्य विभिन्न सामान र कन्टेनरसहित तीन जनालाई नियन्त्रणमा लिइएको छ ।

नियन्त्रणमा लिएकाहरुमा धादिङ जिल्लाको धुनीबेशी नगरपालिका-१ बस्ने सन्तोष लामा तथा सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका-२ बस्ने फुन्चुदोर्जे तामाङ र निजका साथी सोही गाउँपालिका-३ बस्ने पासाङ शेर्पा छन् ।

ना ६ ख ४७४३ र ना ५ ख ७९२१ नम्बरको कन्टेनरमा कोरोला नाकाहुँदै काठमाडौंतर्फ आउँदै गरेका उनीहरूलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट नेचुङ, नेपाल प्रहरी र मुस्ताङ भन्सार कार्यालयको संयुक्त टोलीले सामानसहित नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिईएको सामानहरुमा ईलेक्ट्रिक भेपसहित २ सय ५९ कार्टुन विभिन्न कम्पनीका जुत्ता, ८ बोरा मोजा, १५ बोरा लत्ताकपडा र १५ के.जी. खाली कार्टुन बक्स(सामान प्याक गर्न प्रयोग गरिने खाली बक्स) समेत रहेको थियो ।

नियन्त्रणमा लिईएकाहरुलाई आवश्यक कारबाहीको लागि नेपाल प्रहरीलाई र बरामद सामान मुस्ताङ भन्सार कार्यालयमा बुझाइएको सशस्त्रले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्