Logo
Logo

फुट रोक्न देउवा पक्षलाई गगनको प्रस्तावः चाहे अनुसारको पद दिन तयार छु


882
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले १४औं महाधिवेशनबाट निर्वाचित नेताहरूलाई समेटेर अगाडि जान आफू तयार रहेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै विशेष महाधिवेशनमा छुटेका नेताहरूलाई केन्द्रीय समिति र अन्य समितिहरूमा समेट्ने प्रस्ताव राखेका हुन् ।

‘पार्टीको १४औं महाधिवेशनबाट निर्वाचित भएको नेताहरूको ठूलो पङ्ति बाहिर छ,’ उनले भने, ‘म के भनिरहेको छु– १४औं महाधिवेशनबाट निर्वाचित नेताहरू जो हुनुहुन्न मेरो समितिभित्र । त्यो प्रत्येक नेता जो चाहनुहुन्छ, म अहिलेको केन्द्रीय समितिभित्र ल्याएर मानका साथ वरिष्ठ नेता बनाउनुपर्नेलाई वरिष्ठ नेता, जसलाई जे ठाउँमा राखेर हुन्छ म उहाँहरूलाई सँगै राखेर काम गर्न चाहन्छु । मेरो प्रस्ताव हो यो,’ उनले भने ।

साथै उनले निर्वाचन समिति, सदस्यता छानबिन समिति र अनुशासन समितिमा पनि बाहिर रहेका नेतालाई समेटेर १५औं महाधिवेशन पारदर्शी गर्न चाहेको बताए । त्यसका लागि छलफलमा आउन उनले इतर पक्षका नेतालाई आग्रह गरे ।

पार्टीमा विशेष महाधिवेशनमा सहभागी भएको र नभएको आधारमा विभेद नगर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले
आफूले यिनै प्रस्ताव संस्थापन इतर पक्षका नेताहरुसमक्ष भेटेर राखेको पनि दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्