Logo
Logo

सरकारको अधिनायकवादविरुद्ध आन्दोलनमा उत्रिन एमाले महासचिवको आह्वान


567
Shares

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले युवाहरूलाई सरकारको अधिनायकवाद विरुद्ध संगठित भएर आन्दोलनमा उत्रिन आह्वान गरेका छन् ।

३३औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा आईतवार आयोजित विमर्श कार्यक्रममा बोल्दै महासचिव पोखरेलले सरकारले न्यायपालिका, व्यवस्थापिका र कार्यपालिकाबीचको सन्तुलन खल्बल्याउने प्रयास गरिरहेको आरोप लगाउँदै सरकारको कदमविरुद्ध आन्दोलनमा उत्रिन आह्वान गरेका हुन् ।

उनले सत्तत्रारुढ दल र सरकारबाटै प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुन नपर्ने खालको परिपाटी विकास गर्न खोजिएको आरोप पनि लगाए । सरकारले सर्वोच्च अदालतको नेतृत्व गोजीबाट निकाल्ने प्रयत्न गरेको समेत टिप्पणी गरे । महासचिव पोखरेलले पपुलिज्मको आवरणमा हुर्कंदै गरेको अधिनायकवादको प्रतिवादका लागि युवाहरू एकजुट हुनुपर्ने आवश्यकता औल्याए ।

उनले भने, ‘राज्यका तनि वटा अंगहरु कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाका बीचको सन्तुलन नै खल्बल्याइएको छ । प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुनै नपर्ने खालको परिपार्टी विकास गर्न खोजिएको छ । अदालतको नेतृत्व गोजीबाट निकाल्ने प्रयत्न भएको छ । यो परिस्थितिमा युवाहरुले फेरी पपुलिज्मको आवरणमा हुर्कन खोजिरहेको अधिनायकवादको विरुद्धमा संगठित हुनुपर्ने, आन्दोलित हुनुपर्ने आवश्यकता छ । र त्यो आन्दोलनको आधार अब हामीले जनताको बहुदलीय जनवाद (जबज)को सैद्धान्तिक मार्गदर्शन बनाउनुपर्दछ ।’

उनले सरकारका मन्त्रीहरुले सुनमा लगानी गरेकोप्रति आपत्ति जनाउँदै प्रश्न गरे । ‘के मा लगानी गर्ने भन्ने थाहा नभएको मान्छेले मुलुकको विकास गर्न सक्छ ?’ उनले प्रश्न गरे ।

प्रतिक्रिया दिनुहोस्