Logo
Logo

कामु प्रधानन्यायाधीशले दिएको आदेशविरुद्ध संसदमा रास्वपाको आपत्ति


1.6k
Shares

काठमाडौं । कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले दिएको आदेशविरुद्ध सत्तारुढ दल रास्वपाका सांसदहरूले आपत्ति जनाएका छन् ।

कामु प्रधानन्यायाधीश मल्लले प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध परेको रिट दर्ता गरेर भोलिका लागि पेसीमा चढाउन निर्देशन दिएपछि प्रतिनिधिसभाको जारी बैठकमा रास्वपा सांसदहरू यज्ञमणि न्यौपाने र समीक्षा बास्कोटाले आपत्ति जनाएका हुन् ।

कामु प्रधानन्यायाधीश प्रधानले संवैधानिक परिषद्को प्रधानन्यायाधीशमा सिफारिसविरुद्ध दायर दरपिठ निवेदन दर्ता गरेर पेसी तोक्न आदेश दिएकी थिइन् । त्यसबारे पहिला प्रतिनिधिसभामा पहिला न्यौपाने र त्यसपछि बास्कोटाले आपत्ति जनाएका हुन् ।

सांसद न्यौपानेले कामु प्रधानन्यायाधीश न्यौपानेले कन्फिलिट अफ इन्ट्रेस्टका आधारमा आदेश दिएको भन्दै आपत्ति जनाएका हुन् । अर्की सांसद बास्कोटाले न्याय सम्पादन नगरेर अन्य विषयमा चासो देखाएको बताइन् । उनले दरपिठ भएका रिट दर्ता गर्न आदेश आदेश दिने कत्तिको न्यायोचित हो हो भन्ने प्रश्न गरिन् ।

प्रतिक्रिया दिनुहोस्