
काठमाडौं । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदयस्ता खुला गर्ने निर्णय गरेको छ । अध्यक्ष केपी ओली निवास गुण्डुमा बसेको सचिवालय बैठकले भण्डारीको सदयस्ता नवीकरण गर्ने निर्णय गरेको हो ।
उपमहासचिव लेखराज भट्टले आज बसेको सचिवालय बैठकले भण्डारीलाई सदस्यता दिने निर्णय भएको जानकारी दिए । यसअघि नवीकरण भइसकेको भण्डारीको सदस्यता वैधानिक नभएको भन्दै एमालेले सदस्यता नदिने निर्णय गरेको थियो ।














