
काठमाडौं । सर्वोच्च अदालतमा विकसित घटनाक्रमप्रति सांकेतिक विरोध गर्दै कानुन व्यवसायीहरूले लालटिन बाल्ने भएका छन् ।
केहीबेरअघि सम्पन्न नेपाल बार एसोसिसनको आकस्मिक बैठकले अदालतमा रिट निवेदन दर्ता नै हुन नसक्ने परिस्थिति निर्माण भएको भन्दै त्यसको विरोधमा लालटिन बाल्ने निर्णय गरेको हो ।
नेपाल बारका अध्यक्ष डा विजयप्रसाद मिश्रका अनुसार सत्य र न्यायको खोजीका लागि मंगलबार दिउँसो १ बजे नेपाल बारको कार्यालय प्राङ्गणमा लालटिन बालिनेछ ।
‘अदालतमा न्यायको खोजी गर्न जाँदा रिट र मुद्दा नै दर्ता हुँदैनन् भने जनताले कहाँ न्याय पाउने ? न्याय खोज्न कहाँ जाने ?’ उनले प्रश्न गर्दै भने ।














