Logo
Logo

सहकारी ठगहरूले उन्मुक्ति पाए : हर्क साम्पाङ 


315
Shares

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सांसद हर्क साम्पाङले सहकारी ठगहरूले उन्मुक्ति पाउने आशङ्का व्यक्त गरेका छन् ।

The current image has no alternative text. The file name is: harka-sampang.jpg

सरकारले राज्यकोषबाट पीडितहरूको पैसा तिरिहाल्ने बताउँदै उनले यस्तो आशङ्का व्यक्त गरेका हुन् । साम्पाङले अब सहकारी ठगीका घटना झनै बढ्दै जाने बताएका हुन् । 

‘अब यो देशका सहकारी ठगहरूले उन्मुक्ति पाए। अब अरूले पनि ठग्नेछन्। आखिर सरकारले राज्यकोषबाट तिरिहाल्छ । सुशासनका सत्यानाश…’ उनले सामाजिक सञ्जालमार्फत भनेका छन् ।

यसअघि, भूमि सहकारी तथा गरिबी निवारण मन्त्रालयले सहकारी पीडितको बचत रकम फिर्ता गर्न चक्रीय कोषमा बीउपुँजीका रूपमा २५ करोड रुपैयाँ व्यवस्थापन गर्न लागिएको बताएको थियो । यसका लागि मन्त्रालयले रकम उपलब्ध गराउन अर्थ मन्त्रालयसँग आग्रह गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्