Logo
Logo

सन्दीप, दीपेन्द्र र कुशलले लङ्का प्रिमियर लिग खेल्ने


315
Shares

काठमाडौं ।  नेपालका तीन क्रिकेट खेलाडी श्रीलङ्काको लङ्का प्रिमियर लिगमा खेल्ने भएका छन् । 

The current image has no alternative text. The file name is: cricket.jpg

सोमबार भएको खेलाडी ड्राफ्टमा नेपाली क्रिकेटर सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीलाई जाफ्ना किंग्स तथा कुशल भुर्तेललाई कोलम्बो क्याप्सले टोलीमा लिएका हुन् । सन्दीपलाई २० हजार अमेरिकी डलर तथा दीपोन्द्र र कुशललाई १५/१५ हजार अमेरिकी डलरमा टिमले लिएका हुन् ।

यस सिजनको लङ्का प्रिमियर लिग जुलाई १७ देखि ८ अगस्त सम्म हुन लागेको छ । लङ्का प्रिमियर लिगमा जाफ्ना किंग्स, कोलम्बो क्याप्स, दाम्बुला सिक्सर्स, गल्ले जाइन्टस र क्यान्डी रोयल्स गरी पाँच टिम रहेका छन् ।

यसअघि सम्पन्न पाँच सिजनमा जाफ्ना किंग्सले चार उपाधि जितेको छ भने एक सिजन क्यान्डी रोयल्सले जितेको छ । २०२० देखि सुरु भएको लङ्का प्रिमियर लिग गत वर्ष भने भएको थिएन ।

प्रतिक्रिया दिनुहोस्