काठमाडौं । नेपालका तीन क्रिकेट खेलाडी श्रीलङ्काको लङ्का प्रिमियर लिगमा खेल्ने भएका छन् ।

सोमबार भएको खेलाडी ड्राफ्टमा नेपाली क्रिकेटर सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीलाई जाफ्ना किंग्स तथा कुशल भुर्तेललाई कोलम्बो क्याप्सले टोलीमा लिएका हुन् । सन्दीपलाई २० हजार अमेरिकी डलर तथा दीपोन्द्र र कुशललाई १५/१५ हजार अमेरिकी डलरमा टिमले लिएका हुन् ।
यस सिजनको लङ्का प्रिमियर लिग जुलाई १७ देखि ८ अगस्त सम्म हुन लागेको छ । लङ्का प्रिमियर लिगमा जाफ्ना किंग्स, कोलम्बो क्याप्स, दाम्बुला सिक्सर्स, गल्ले जाइन्टस र क्यान्डी रोयल्स गरी पाँच टिम रहेका छन् ।
यसअघि सम्पन्न पाँच सिजनमा जाफ्ना किंग्सले चार उपाधि जितेको छ भने एक सिजन क्यान्डी रोयल्सले जितेको छ । २०२० देखि सुरु भएको लङ्का प्रिमियर लिग गत वर्ष भने भएको थिएन ।














