Logo
Logo

७१ वर्षीय बाबुले गरे ४६ वर्षीय छोराको हत्या


630
Shares

काठमाडौं । दैलेखमा बाबुले खुर्पा प्रहार गरेर छोराको हत्या गरेका छन् । नारायण नगरपालिका–९ सालखर्क निवासी अन्दाजी ७१ वर्षीय कम्बिराज थापाले मदिरा सेवनपछि भएको सामान्य विवादका क्रममा आफ्ना ४६ वर्षीय छोरा यादव थापामाथि खुर्पा प्रहार गरेका थिए ।

गएराति ११ बजेतिर भएको उक्त घटनामा गम्भीर घाइते भएका यादवलाई उपचारका लागि जिल्ला अस्पताल दैलेख लगिएको थियो । अस्पताल पुर्याउनासाथ उनलाई चिकित्सकले मृत घोषणा गरेका जिप्रका दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले जानकारी दिए ।

घटनाबारे सूचना प्राप्त जिल्ला प्रहरी कार्यालय दैलेखबाट खटिएको प्रहरी टोलीले कम्बिराज थापालाई घटनामा प्रयोग भएको खुर्पासहित उनकै घरबाट नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको दैलेख प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्