काठमाडौं । एसियन गेम्स छनोटअन्तर्गत मलेसियासँगको खेलमा नेपाली ओपनर कुशल भुर्तेलले शतक प्रहार गरेका छन् । उनले मलेसिया विरुद्ध ४४ बलमा शतक पुरा गरेका हुन् ।

७ छक्का र १० चौकासहित उनले शतक पूरा गरेका हुन् । टी-२०आईमा भुर्तेलको यो तेस्रो शतक हो । १५ ओभरको खेल चिलिरहँदा नेपाल दुई विकेटको क्षतिमा २०८ रन बनाएर खेलिरहेको छ ।














