Logo
Logo

शान्ति सम्झौता भए खामेनीलाई भेट्छु : ट्रम्प


1k
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौता भएमा त्यहाँका सर्वोच्च नेता मोज्तबा खामेनीसँग भेटवार्ता गर्न आफू खुला रहेको बताएका छन् । बिहीबार आयोजित एक कार्यक्रममा बोल्दै राष्ट्रपति ट्रम्पले दुई देशबीच कुनै ठोस सम्झौता भए यस्तो भेटवार्ता सम्भव रहेको उल्लेख गरे ।

The current image has no alternative text. The file name is: TRump-1.gif

 ट्रम्पले भने, ‘म भेट्न त चाहन्नँ, तर यदि भेटवार्ता भयो भने म त्यसलाई सम्मानका रूपमा लिनेछु । यदि हामीबीच कुनै सम्झौता भयो भने उनीसँग भेट हुने सम्भावना छ, म त्यसका लागि तयार छु ।’ आफू र इरानी सर्वोच्च नेताबीचको सम्बन्धका बारेमा टिप्पणी गर्दै ट्रम्पले खामेनीलाई एक ‘व्यावसायिक’ व्यक्तिको संज्ञा दिए । 

उनले भने, ‘म उनको प्रिय पात्र नहुन सक्छु, तर उनी एक व्यावसायिक व्यक्ति हुन् । कतिपय क्षेत्रमा उनको निकै राम्रो प्रतिष्ठा पनि रहेको छ ।’ उक्त भेटवार्ता अमेरिकामा हुनसक्ने सम्भावनाका बारेमा सोधिएको प्रश्नमा ट्रम्पले यस विषयमा आफूले ठोस प्रस्ताव नगरेको तर केही मानिसहरूले यस्तो सुझाव दिएको बताए । 
यसैबीच, अमेरिकी विदेशमन्त्री मार्को रुबियोले मङ्गलवार सिनेटको सुनुवाइका क्रममा इरानका नयाँ सर्वोच्च नेता जीवित रहेको र उनी अमेरिका–इरानबीच जारी वार्ताहरूमा बढ्दो रूपमा संलग्न भइरहेको जानकारी दिएका छन् । 

रुबियोकाअनुसार खामेनीले हाल लिखित रूपमा र मध्यस्थकर्ताहरूमार्फत संवाद गरिरहेको सङ्केतहरू प्राप्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्