Logo
Logo

३.९८ जीपीए ल्याएकी दिव्याश्रीको अनुभव– सरकारी स्कुलकै गुरुहरूले योग्य बनाउनुभयो


दिव्याश्री कुशवाह

126
Shares

भर्खरैको एसईईको रिजल्टमा धैरै विद्यार्थीले सफलता हात पारेका छन् । राम्रो अकं ल्याएर पास गर्नेेहरू सामुदायिक बिद्यालयदेखि महंगा निजी विद्यालयसम्मका विद्यार्थी रहेका छन् । निकै प्रतिस्पर्धा भए पनि सामान्य समुदायिक बिद्यालयमा पढ्ने विद्यार्थीहरूले पनि उत्कृष्ट नतिजा ल्याएर रेकर्ड कायम गरेका छन् । सामुदायिक विद्यालयमा कम खर्च गरेर पढ्दा पनि उत्कृष्ट नतिजा ल्याउन सकिन्छ भन्ने सन्देश उनीहरूले दिएका छन् । महंगो बिद्यालयमा मात्र पढाई राम्रो हुन्छ भन्ने भ्रम चिर्दै सामुदायिक विद्यालयका विद्यार्थी पनि यस पटक उत्कृष्ट नजिता ल्याएर उदाहरणीय बनेका छन् ।

सामुदायिक विद्यालयमा अध्ययन गरेकी यस्तै उदाहरणीय विद्यार्थीमध्ये एक हुन्, दिव्याश्री कुशवाह । पद्मकन्या विद्याश्रमकी छात्रा उनी ३.९८ जिपीएं ल्याएर एसईई उत्तिर्ण भएकी छिन् । उनै दिव्याश्री कुशवाहसँग रेजिना पाण्डेको जम्काभेटः

समुदायिक विद्यालयबाटै एसईईमा ३.९८ उत्कृष्ट अंकसहित उत्तिर्ण हुँदा कति खुशी हुनुहुन्छ ?

खुशी छु । ४ जिपीएकै टार्गेट गरेको थिए । तर अलिकति तलमाथि प¥यो, केही छैन । अब भविष्यमा अझै मिहिनेत गर्नेछु ।

यो खुशीको अवसरलाई कसरी शेयर गर्नुभयो ?

परिवार, साथीभाई र ज्ञान दिने शिक्षकहरूसँग नै शेयर गरे ।

तपाईँले ‘एक्स्ट्रा ट्युसन क्लास’ पनि लिनुभयो कि ?

‘ट्युसन क्लास’ लिनका लागि मेरो त्यस्तो आयस्रोत पनि थिएन । म विद्यालयकै सर मिसहरुको कोचिङ क्लास लिने गर्दथँे । सर मेमसँग नबुझेको कुराहरू दोहो¥याएर सोध्थेँ र शिक्षकले पढाएको कुरालाई ध्यान दिएर सुन्थेँ । त्यसरी नै मेरो पढाई चलेको थियो ।

निजी र सामुदायिक विद्यालयको पढाईमा केही फरक देख्नुहुन्छ ?

म पनि पाँच कक्षासम्म बोर्डिङमै पढेको हुँ । तर आर्थिक आभावको कारण म सरकारी विद्यालयमा भर्ना भएकी थिएँ ।

तपाईँको बोर्डिङमा पढेका अन्य साथीहरूको पनि तपाईँको जस्तै उत्कृष्ट नतिजा आयो कि आएन ?

वरपरका साथीहरूसँग सोध्दा मेरै बढी आएको रहेछ । यसले मलाई झनै खुशी बनायो । पढ्छु भन्ने सोच भए विद्यालयले केही फरक पार्दैन रहेछ ।

विद्यार्थीको राम्रो नतिजा आउनुमा शिक्षकको भूमिका कस्तो हुँदोरहेछ ?

धैरै नै हुन्छ । म सरकारी विद्यालयमा पढे पनि मलाई कहिल्यै यो फिल भने भएन । गुरुहरूले नै हामीलाई पढ्ने वातावरण बनाईदिनुभएको थियो । साना कुराहरु पनि हाम्रो सुुनिदिनुहुन्थ्यो । हुन त सरकारी विद्यालयका शिक्षकहरूले विद्यार्थीलाई राम्रो पढाउँदैनन् भन्छन त्यो गलत हो । हामीलाई सरकारी विद्यालयकै गुरुहरूले नै पढाएर यहाँसम्म आएका हौं । पद्मकन्या विद्यालयका गुरुहरूलाई हेर्दा गर्व लाग्छ ।

तपाईँ चाहिँ राम्रो अंक ल्याएर उत्तिर्ण हुनुभयो, असफल हुने साथीहरूलाई के भन्न चाहनुहुन्छ ?

एक पटक असफल भए भन्दैमा हरेक पटक असफल भने भइँदैन । प्रयास गर्दैै जाने हो भने राम्रो गर्न सकिन्छ ।

महिलाको जीवनमा शिक्षा कत्तिको महत्वपूर्ण छ ?

एकदमै आवश्य छ । शिक्षाको अभावकै कारण अझै पनि धैरै महिलाहरू अनेकौं हिंसाको सिकार बनेका छन् । मेरो आमा शिक्षित भएको भए सायद मेरो आर्थिक पाटो पनि बलियो हुन्थ्यो होला ।

तपाईँको पारिवारिक अवस्था कस्तो छ ?

म एकदमै सामान्य परिवारको मान्छे हुँ । मेरो घर राजविराज हो । काठमाडौंमा हामी भाडा तिरेर बस्छौं । बाबाको सामान्य बिजुली पसल छ । आमा सामान्य गृहिणी हुनुहुन्छ । हामी तीन सन्तान छौं ।

भविष्यमा के बन्ने योजना बनाउनुभएको छ ?

अब पढ्दै जाने हो । अहिले पनि छात्रवृत्तिमा कम्प्युटर साइन्स लिएर पढ्ने योजना बनाएको छु । हेरौं के हुन्छ ।

अहिले नयाँ पुस्ताहरूले राजनीतिमा निकै चासो राख्ने गरेका छन्, तपाईँले चाहिँ कति राख्नुहुन्छ ?

देशको राजनीतिबारे चासो लिनु त जरुरी नै छ । हामी जस्ता युवाहरुले मलाई पनि देशमा केही भईरहको छ, सबै हेर्छु । तर राजनीतिमा नै आउने योजना भने अहिले छैन । भविष्यमा के हुन्छ त्यो भने थाहा छैन ।

तपाईंलाई अहिलेका कुन महिला नेतृ मन पर्छ ?

मलाई सोविता गौतम र सुमना श्रेष्ठ राम्रो लाग्छ ।

प्रतिक्रिया दिनुहोस्