Logo
Logo

चिया बगानमा कार्यरत श्रमिकको समस्या तत्काल समाधान गर्न संसदीय समितिको निर्देशन


189
Shares

काठमाडौँ । राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिले चिया किसान तथा चिया बगानमा कार्यरत श्रमिकहरूको समस्या तत्काल समाधान गर्न सरकारलाई निर्देशन दिएको छ। बिहीबार बसेको समितिको बैठकले सरकारलाई यस्तो निर्देशन दिएको हो।

समितिका सभापति कृष्णप्रसाद पौडेलले चिया क्षेत्रमा देखिएका समस्यालाई तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराए। चिया किसान र श्रमिकका समस्या समाधानका साथै अलैँची, सुपारी, बेसार, अदुवा, कफीलगायत अन्य नगदे बालीको मूल्य निर्धारण तथा बजार व्यवस्थापन प्रभावकारी बनाउन उनले सरकारलाई आग्रह समेत गरे।

सभापति पौडेलले नगदे बाली उत्पादन गर्ने किसानले उचित मूल्य र सुनिश्चित बजार नपाएको भन्दै यी बालीहरूको व्यवस्थित बजार प्रणाली विकास गर्न आवश्यक कानुनी व्यवस्था गर्न सरकारसमक्ष आग्रह गरे।

“चिया किसान र चिया बगानमा काम गर्ने श्रमिकहरूको समस्या तुरुन्त समाधान गर्नका लागि म आग्रह पनि गर्न चाहन्छु र यो समितिका तर्फबाट निर्देशन पनि दिन चाहन्छु,” उनले भने, “अन्य नगदे बालीहरू अलैँची, सुपारी, बेसार, अदुवा, कफी आदिको मूल्य निर्धारण र बजार व्यवस्थापन गर्नका लागि समेत सरकारले काम गरोस्। यी नगदे बालीहरूको बजार व्यवस्थापनका लागि यही अधिवेशनभित्र एउटा कानुन पनि ल्याउन म आग्रह गर्न चाहन्छु।”

विगत चार दिनयता इलामलगायत देशभरिका चिया उद्योगीहरूले चिया निर्यातमा समस्या देखिएपछि आफ्नो उद्योग बन्द गरेका छन्।

प्रतिक्रिया दिनुहोस्