काठमाडौं । फिफा विश्वकप-२०२६ को हाल जारी समूह ‘जे’ खेलको पहिलो हाफ सकिँदा अर्जेन्टिनाले जोर्डनविरुद्ध अग्रता बनाएको छ ।

पहिलो हाफमा जोर्डन गोलविहीन हुँदा अर्जेन्टिनाले २ गोल गरेर खेललाई आफ्नो पक्षमा पारेको हो । अर्जेन्टिनाका लागि खेलको १९ औँ मिनेटमा लो क्लेसो र ३१ औँ मिनेटमा लौटारो मार्टिनेजले १-१ गोल गरे ।














