Logo
Logo

धान किसानका सपनासँग जोडिएको हुन्छ : गगन थापा 


63
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले खेतमा रोपिएको प्रत्येक धानका बिरुवासँग किसानका सपना, परिवारको भान्सा एवं भविष्य र राष्ट्रको समुन्नति जोडिएको बताएका छन् । 

The current image has no alternative text. The file name is: gagan-2.jpg

राष्ट्रिय धान दिवसका अवसरमा उनले शुभकामना सन्देश जारी गर्दै उनले खेतमा पसिना बगाएर राष्ट्रको खाद्य सुरक्षा सुनिश्चित गर्ने अन्नदाता किसानप्रति धन्यवाद दिएका छन् । शुभकामना सन्देशमा भनिएको छ “असार १५ केवल धान रोपाइँको दिन मात्र होइन, यो नेपाली किसानको श्रम, सङ्घर्ष, आशा र आत्मनिर्भरताको उत्सव पनि हो ।  देशको मुख्य खाद्यान्न बाली धान भएकाले यसको उत्पादकत्व वृद्धि गर्नु केवल कृषि कर्म मात्र नभएर नागरिकको जीवन रक्षाको सुनिश्चितता र संविधानको मर्मको पालना पनि हो । ” 

प्रतिक्रिया दिनुहोस्