Logo
Logo

विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न अनुमति


63
Shares

काठमाडौँ । नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई थप दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

The current image has no alternative text. The file name is: bishnu-paudel-1.jpg

सोमबार विशेष अदालत, काठमाडौँले पौडेललाई थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो। यसअघि सात दिन हिरासतमा राख्न अनुमति दिएको थियो।

विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासबाट म्याद थप भएको हो।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले म्याद थपका लागि सोमबार अदालतमा पेश गरेको थियो। विभागले पौडेललाई असार ८ गते सुर्खेतबाट पक्राउ गरेको थियो।

सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा विभागले पौडेलविरुद्ध अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्