Logo
Logo

कर्णाली नदीमा खस्यो मिनीबस


0
Shares

काठमाडौं । कर्णाली राजमार्गअन्तर्गत दैलेखको साङगेतराबाट मिनीबस कर्णाली नदीमा खसेको छ । सुर्खेतबाट कालीकोट जाँदै गरेको क.प्र. ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ स्थित साङगेतरास्थित कर्णाली नदीमा खसेको हो ।

प्रहरीका अनुसार गाडी सडकबाट ४०० मिटर तल खसेको छ । घटनास्थलबाट एक जनालाई अचेत अवस्थामा उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । अन्य यात्रुको अवस्था अज्ञात छ । गाडीमा कति जना सवार थिए भन्ने पनि खुल्न नसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्