Logo
Logo

अडियोमा समस्या आएपछि राष्ट्रिय सभा बैठक स्थगित


189
Shares

काठमाडौं । राष्ट्रिय सभाको बैठक स्थगित भएका छ । शुक्रबार दिउँसो राष्ट्रिय सभाको बैठक सञ्चालन भएको थियो । बैठक सञ्चालन भएको केही समयमै बैठकको ‘लाइभ अडियो’ मा समस्या आएको थियो ।

समस्या आएपनि राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले केहीबेर बैठक सञ्चालन गरेका थिए । तर, अडिओ नसुनिएपछि अध्यक्ष दाहालले २० मिनेटका लागि बैठक स्थगित भएको घोषणा गरेका छन् ।

राष्ट्रिय सभाको आजको बैठकको कार्यसूचीमा विनियोजन विधेयकमा मन्त्रालयगत छलफल रहेको छ ।

प्रतिक्रिया दिनुहोस्