Logo
Logo

एआईजी सुशीलसिंहले सम्हाले उपत्यका प्रहरीको कमाण्ड


441
Shares

काठमाडौैं । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) सुशीलसिंह राठौरले काठमाडौैं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको कमाण्ड सम्हालेका छन् ।

सरकारले बिहीबार उपत्यका प्रहरी कार्यालयमा सरुवा गर्ने निर्णय गरेको भोलिपल्टै उनी रानीपोखरीस्थित कार्यालयमा हाजिर भएका हुन् ।

यसअघिका प्रमुख एआईजी ईश्वर कार्कीले राठौरलाई स्वागत गर्दै जिम्मेवारी हस्तान्तरण गरेका छन् । कार्की उपत्यकाबाट प्रहरी प्रधान कार्यालय मानव स्रोत विभागमा सरुवा भएका छन् ।

बिहीबारको बैठकले नेपाल प्रहरीका आठ जना एआईजीलाई एकसाथ सरुवा गरेको थियो । त्यही क्रममा अपराध अनुसन्धान विभागमा कार्यरत राठौर उपत्यका प्रहरी कार्यालयको जिम्मेवारी सम्हाल्न आइपुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस्