Logo
Logo

इतिहासले खोजेको मान्छे


भुपेन्द्र थापा ‘माधव’

252
Shares


इतिहासले आज पनि खोजिहेको छ
पदको भोकले नझुकेको एउटा मान्छे,
सत्ताको सुनौलो सिँढी चढदा पनि
आफ्नो आत्मा नबेचेको एउटा मान्छे ।

उ खोज्दैछ–
भीडको ताली होइन,
सत्यको पक्षमा एक्लै उभिन सक्ने साहस;
अँध्याोलाई गाली गर्ने होइन,
एउटा दीप बाल्न सक्ने विश्वास।

कति नाम आए,
कति अनुहा फेएि,
कति झण्डा फेएि,
त गबिको आँसु उतै ह्यो,
भोकको चुलो उतै चिसै ह्यो।

देश बेचे महल उठाउनेहरू
इतिहासका पानामा धेै भेटिए,
त देश बचाउन
आफ्नो सपना नै बलिदान गर्नेहरू
सधैँ दुर्लभ हे।

माटोले खोजेको मान्छे
सिर्फ भाषण गर्ने होइन,
आफ्नो पसिनाले भविष्य लेख्ने हो;
जनताको विश्वासलाई
मतपत्रसँग होइन,
मनसँग जोडने हो।

क्रान्ति बन्दुकको आवाजमा मात्र हुँदैन,
क्रान्ति त
भष्ट हात अवीका गर्ने साहसमा हुन्छ;
झटको बजामा
सत्यलाई नबेच्ने अडानमा हुन्छ।

जब कुनै बालक
भोकै निदाउन पर्दैन,
जब कुनै आमा
आँसु लुकाए हाँन बाध्य हुँदिन,
जब कुनै युवा
विदेशिनुलाई नियति मान्दैन—
त्यही दिन इतिहासले भन्नेछ,
“मैले खोजेको मान्छे
यही पुताबाट जन्मिएको थियो।“

आऊ,
हामी त्यही मान्छे बनौँ
जसलाई समयले सम्मान गोस,
भोलिले सम्झिहोस,
इतिहासले खोज्न नपोस।

प्रतिक्रिया दिनुहोस्