Logo
Logo

सुतिरहेका बेला हात्तीले आक्रमण गर्दा आमाछोराको मृत्यु


63
Shares

चितवन । भरतपुर महानगरपालिका-२३ बेलहट्टामा हात्तीको आक्रमणमा परी आमाछोराको मृत्यु भएको छ ।

The current image has no alternative text. The file name is: elephant-jharkhand-nilagiri-nawayug.jpg

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रभूषण यादवका अनुसार शनिबार राति घरमा सुतिरहेका बेला हात्तीको आक्रमणमा परी २५ वर्षीया आशिका बोटे र उनका चार वर्षीय छोरा भरतको घटनास्थलमा नै मृत्यु भएको हो ।

हात्ती धपाउन आशिकाका श्रीमान् पूर्णले आगो बाल्दा उनको कच्ची घरमा आगलागी भएको थियो। आगो प्रहरी र स्थानीयको सहयोगमा निभाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्