Logo
Logo

अजेय सुमार्गीको सम्पत्ति छानविन नगर्न सर्वोच्चको अन्तरिम आदेश


252
Shares

काठमाडौं । सर्वोच्च अदालतले व्यवसायी अजेयराज सुमार्गी पराजुलीको सम्पत्ति छानविन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश बालकृष्ण ढकालको इजलासले गत शुक्रवार सुमार्गीको निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै सुमार्गीमाथि अघि बढेको सम्पत्ति शुद्धीकरणको अनुसन्धान थप अघि नबढाउन अन्तरिम आदेश जारी गरेको हो । आदेशमा भनिएको छ, ‘निवेदकका विरुद्धमा कुनै कामकारवाही नगर्नु नगराउनु भनी अन्तरिम आदेश जारी गरिदिएको छ ।’

वर्षौदेखि आफूमाथि पटकपटक अनुसन्धान भइरहेको भन्दै सुमार्गीले अहिले फेरि सुरु भएको अनुसन्धान रोक्न माग गरेका थिए । त्यही निवेदनको सुनुवाईपछि सर्वोच्चले प्रारम्भिक सुनुवाइपछि अन्तरिम आदेश जारी गरेको हो । दुई साताअघि विभागले सुमार्गीको पासपोर्ट रोक्का गरेको थियो, त्यसपछि उनी सर्वोच्च अदालत गएका थिए ।

सर्वोच्चको एकल इजलासले सुमार्गी आवद्ध नेपाल स्याटेलाइट टेलिकम प्रालि र मुक्तिश्री सिमेन्टको मुद्दाको आधार दिएर अनुसन्धान अघि नबढाउनु भनेको थियो । ती दुवै मुद्दा उनी आवद्ध कम्पनीसँग सम्बन्धित छन् र सर्वोच्च अदालतबाट यसअघि नै निर्णय भइसकेका हुन् ।

प्रतिक्रिया दिनुहोस्