
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का पोलिटब्युरो सदस्य डीबी कार्कीसहित ६ जना केन्द्रीय सदस्य एमाले प्रवेश गरेका छन् ।
कार्कीसँगै एमाले प्रवेश गर्नेहरुमा राधेश्याम गुप्ता (रुपन्देही), विद्याप्रसाद शर्मा (दैलेख), वामदेव गौतम (दाङ), भोला बराल (मोरङ) र दीपक इटानी (धादिङ), रविन्द्र बम (बैतडी) लगायत रहेका छन् ।
उनीहरुलाई आज एमाले अध्यक्ष केपी शर्मा ओलीले खादा लगाएर पार्टीमा स्वागत गरेका हुन् ।














