Logo
Logo

गाडीमा लोड गरिएको अक्सिजन ग्याँस सिलिन्डर पड्किँदा पैदलयात्रीको मृत्यु


189
Shares

काठमाडौं । काठमाडौंको माकलबारीमा फायर एक्सटिंग्विशर र अक्सिजन सिलिन्डर पड्किँदा एक जना पैदलयात्रीको मृत्यु भएको छ ।

The current image has no alternative text. The file name is: mirtu_death.jpg

शुक्रवार बिहान सवा १० बजे गोकर्णेश्वर नगरपालिका-४ माकलबारीस्थित सडकमा बा.प्र. ०६९००१ झ ००१७ नम्बरको गाडीले बोकेको दुई वटा फायर एक्सटिंग्विशर र एउटा अक्सिजन ग्यास सिलिन्डर पड्किएको थियो ।

पड्किएको सिलिण्डरले बागलुङ घर भई माकलबारी बस्दै आएका ४१ वर्षीय विष्णु थापालाई लागेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घाइते भएका थापालाई उपचारको लागि नेपाल मेडिकल कलेज अत्तरखेल लग्नेक्रममा बाटोमा मृत्यु भएको हो । शव अस्पतालमा राखिएको छ । फायर एक्सटिंग्विशर र अक्सिजन सिलिन्डर सिन्धुपाल्चोक लगिँदै थियो ।

प्रतिक्रिया दिनुहोस्