Logo
Logo

बुद्धनगरमा आत्मदाह प्रयास, उद्धार गरेर वीर अस्पताल पुर्‍याइयो


63
Shares

काठमाडौं । काठमाडौंको बुद्धनगरमा एकजनाले आत्मदाहको प्रयास गरेका छन् । ४५ वर्षीय आश्विन राउतले शनिबार बिहान आफ्नौ शरीरमा आगो लगाएका हुन् ।

The current image has no alternative text. The file name is: bir-hospital-1.jpg

काठमाडौं प्रहरीका प्रवक्ता पवन भट्टराईले बिहान अन्दाजी सवा ६ बजे राउतले आफ्नै घरको भान्सा कोठामा आत्मदाहको प्रयास गरेको जानकारी दिए ।

उनका अनुसार राउतलाई प्रहरीले उद्धार गरेर उपचारका लागि वीर अस्पताल पुर्‍याएको छ । चिकित्सकका अनुसार राउतको शरीर ५० प्रतिशत जलेको प्रहरी प्रवक्ता भट्टराईले बताए ।

राउत श्रीमती र छोरासहित बुद्धनगरमा बस्दै आएका थिए । घटनाका बेला उनका श्रीमती र छोरा घरमा नरहेको पाइएको भट्टराईले बताए । उनले आत्मदाहको प्रयासको कारण भने नखुलेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्