Logo
Logo

वाणगंगा नदीमा फसेका ७ जनाको सकुशल उद्धार


63
Shares

कपिलवस्तु । कपिलवस्तुको वाणगंगा नदीमा फसेका ७ जना युवकको सकुशल उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसारशनिबार दिउँसो वाणगंगा नगरपालिका-८ बालापुरस्थित वाणगंगा खोलामा पौडी खेल्न गएका क्रममा अचानक खोलाको बहाव बढेपछि ७ जना पुरुष खोलाको बीच भागमा फसेका थिए ।

The current image has no alternative text. The file name is: Banganga1783779845.jpg

घटनाको जानकारी पाएलगत्तै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त विपद् उद्धार टोली घटनास्थलमा पुगेर उद्धार कार्य थालेको थियो। टोलीले खोलाको बीचमा फसेका सबै ७ जनालाई सकुशल उद्धार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

उद्धार गरिएकामा वाणगंगा नगरपालिका-४ का १७ वर्षीय सम्राट ग, १७ वर्षीय ज्ञानेन्द्र परियार, १८ वर्षीय निर्वाचन नेपाली, १७ वर्षीय कृष्ण तिवारी, १७ वर्षीय मनिष थापा, वाणगंगा–१ बैरियाका १६ वर्षीय विकल्प रेस्मी र वाणगंगा–८ त्रिलोक मार्गका १७ वर्षीय सुवास घिमिरे रहेका छन् । प्रहरीले वर्षायाममा खोलानाला तथा नदीमा पानीको बहाव बढ्ने भएकाले सावधानी अपनाउन आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्