Logo
Logo

पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजन र दर्शनार्थीको घुइँचो


189
Shares

काठमाडौं । आज साउनको पहिलो दिन देशभरका शिवालयमा भक्तजन र दर्शनार्थीको घुइँचो लागेको छ । काठमाडौंको पशुपतिनाथसहित देशभरका शिवालय दर्शनार्थीको घुइँचो लागेको हो ।

The current image has no alternative text. The file name is: pasupati.jpg

सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन देशभर आज साउने सङ्क्रान्तिका रूपमा मनाइँदै छ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ । माघ १ गते सुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायन सुरु हुने दिनलाई विशेष रूपमा मनाइन्छ । 

साउन महिनाभर देशभरका शिवालय विशेषगरी पशुपतिनाथ मन्दिरमा भक्तजनको विशेष भीड लाग्छ । साउन महिना शिवजीको र सोमबारलाई शिवको बार भनिन्छ । 

सूर्य पनि साउनबाट नै दक्षिणतर्फ ढल्किन थाल्छन् अर्थात् साउनबाट दक्षिणायन सुरु हुन्छ । त्यसैले यस समयमा ग्रहहरु कमजोर हुनुका साथै वर्षाका कारण विभिन्न रोगव्याधिले सङ्क्रमण लाग्ने सम्भावना भएकाले पनि भगवान् शिवको आराधना गर्दै व्रत बस्ने चलन छ । त्यसैले साउन महिना एवं सोमबार शिवालयमा भक्तजनको विशेष भीड लाग्छ ।

प्रतिक्रिया दिनुहोस्