Logo
Logo

शनिबारदेखि मनसुन थप सक्रिय, यी क्षेत्रमा हुँदै छन् भारी बर्षा


0
Shares

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले शनिबार रातिदेखि मौसमी प्रणाली थप सक्रिय हुने देखिएको जनाएको छ ।

देशभर मनसुन वायुको प्रभावका कारण देशका अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बिनु महर्जनले पछिल्लो २४ घण्टामा कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरैजसो स्थानमा मध्यमदेखि भारी वर्षा भएको बताइन् । देशका पहाडी भू भागका धेरै स्थानहरू तथा हिमाली र तराईका केही स्थानहरूमा शनिबारसम्मै मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको उनको भनाइ छ ।

भारी वर्षाको सम्भावना रहेका क्षेत्रहरू विशेष गरी बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका पहाडी भूभागका पहाडी क्षेत्रमा पहिरो जान सक्ने, नदी तथा खोलाहरूमा पानीको बहाव बढ्न सक्ने भएकाले सतर्कता अपनाउनुपर्ने महर्जनको भनाइ छ ।

लामो दूरीको यात्रा तय गर्दा वा यात्रामा निस्कनुअघि मौसम र सडकको अवस्था बुझ्न तथा अत्यावधिक मौसमी सूचना लिएर मात्र यात्रा गर्न उनको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस्