Logo
Logo

कीर्तिपुरमा कारमा आगलागी, चालकको जलेर मृत्यु


1.9k
Shares

काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिकास्थित ट्याङ्लाफाँटमा गुडिरहेको एक निजी कारमा अचानक आगलागी हुँदा चालकको जलेर मृत्यु भएको छ ।  मङ्गलवार ट्याङ्लाफाँटको चाँदनी चोक नजिकै बा ५ च ३०३८ नम्बरको किया कारमा आगलागी भएको हो ।

The current image has no alternative text. The file name is: kritipur.jpg

कारमा एक्कासि आगो लागेपछि चालक बाहिर निस्कन नपाएकाले गाडीभित्रै मृत फेला परेका जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।  उनलाई सिट बेल्ट बाँधेको अवस्थामै जलेको र मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ । मृतक चालकको सनाखत हुन बाँकी छ । 

घटनाको जानकारी पाएलगत्तै स्थानीय बासिन्दा र प्रहरीले फायर एक्स्टिङ्गुइसर (आगो निभाउने उपकरण०)को प्रयोग गरी आगो निभाउने प्रयास गरेका थिए । पछि घटनास्थलमा दमकल समेत पुगेको थियो । गाडीमा कसरी आगो लाग्यो भन्ने  विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस्