Logo
Logo

निर्वाचन आयोगका प्रमुख आयुक्त र आयुक्तको सुनुवाइ साउन १२ र १३ गते हुने


315
Shares

काठमाडौं । संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख आयुक्त र आयुक्त पदमा सिफारिस भएकाहरूको सुनुवाइ साउन १२ र १३ गते गर्ने निर्णय गरेको छ ।

The current image has no alternative text. The file name is: samiti.jpg

मङ्गलवार बसेको समितिको बैठकले आयोगको दुई आयुक्त पदमा सिफारिस भएकाहरूको सुनुवाइ साउन १२ गते र प्रमुख निर्वाचन आयुक्तको संसदीय सुनुवाइ साउन १३ गते गर्ने निर्णय गरिएको समिति सभापति बोधनारायण श्रेष्ठले जानकारी दिएका हुन् ।

बैठकमा सभापति श्रेष्ठले नियुक्तिका लागि प्रस्तावित व्यक्तिहरूको सम्बन्धमा एउटा उजुरी र एउटा सुझाव प्राप्त भएको जानकारी दिए । प्राप्त उजुरी र सुझाव समिति सदस्यहरूलाई उपलब्ध गराइने र अध्ययनपश्चात् साउन १२ र १३ गते सुनुवाइ हुने उनले बताए ।

संवैधानिक परिषद्को असार १९ गते बसेको बैठकले प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्की र आयुक्त पदमा डा। राजीव सुब्बा र गुरुप्रसाद वाग्लेलाई नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्