हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ।
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

सोमबार बिहान काठमाडौंसहित बागमती प्रदेशका एक-दुई स्थान, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ।
पछिल्लो एक घन्टामा बागलुङको भिमगिठ्ठेमा १९.८ मिलिमिटर वर्षा भएको छ।
पाल्पाको हात्तिलुङमा १२.६ मिलिमिटर र कास्कीको लुम्लेमा ७ मिलिमिटर वर्षा मापन भएको छ।
पछिल्लो चौबीस घन्टामा लुम्लेमा २१४.८ मिलिमिटर, गोरखाको घारेढुंगामा १०७.६ मिलिमिटर, भिमगिठ्ठेमा ९६.४ मिलिमिटर, कास्कीको मालेपाटनमा ९८.८ मिलिमिटर, नवलपुरको देउरालीमा ९५।८ मिलिमिटर, लमजुङको भुजुङमा ८२.६, काभ्रेको मण्डनमा ९०.६ मिलिमिटर वर्षा भएको छ।
गएको चौबीस घन्टामा धेरै स्थानमा भारी वर्षा मापन भएको छ।
सोमबार दिउँसो देशका हिमाली भू-भागका केही स्थानमा तथा पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ।
दिउँसो नै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका धेरै स्थानमा तथा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका तराई भू-भागका थोरै स्थानमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ।
कर्णाली प्रदेशको पहाडी भू-भाग तथा लुम्बिनी र सुदुरपश्चिम प्रदेशको पहाडी र तराई भू-भागका एक-दुई स्थानमा भने भारी वर्षा हुने सम्भावना रहेको छ।
सोमबार राति बागमती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशको तराई भू-भागका केही स्थान, मधेश प्रदेश तथा कोशी प्रदेशको तराई भू-भागका थोरै स्थानमेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी भू-भाग तथा लुम्बिनी र सुदुरपश्चिम प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा राति पनि भारी वर्षाको सम्भावना रहेको छ।














