काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साह र उनको सचिवालयसँग निकट रहेकी झापाकी एसपी बसुन्धरा खड्का स्थानीय रास्वपाका कार्यकर्तासँग असन्तुष्ट बनेकी छिन् । स्थानीय कार्यकर्ताले कानुन विपरितका विभिन्न कार्यहरु गर्न लगाएको भन्दै असन्तुष्ट बनेकी हुन् । ठूलो भूगोल र भिभीआइपी मुभमेण्ट भैरहने जिल्ला भएका कारण पनि त्यहाँको सुरक्षा व्यवस्था चूनौतिपूर्ण रहेको छ ।

जातीय, धार्मिक तथा समुदायका विभिन्न गतिविधि हुने झापामा एसपी खड्कालाई सुरक्षा व्यवस्थापन गर्न चुनौति खडा भएका बेला सत्तारुढ दलका नेता कार्यकर्ताहरुले साथ नदिदा दिक्क भएकी हुन् । ‘विभिन्न बहानामा दुःख दिन थालेका छन्, अपेक्षा ठूलो छ तर साधन स्रोत सीमित छ’, उनले आफू निकट रहेका सांसदहरुलाई भन्ने गरेकी छिन् ।
एसपी खड्का झापा क्षेत्र नं २ की सांसद इन्दिरा रानासँग पनि सन्तुष्ट छैनन । इन्दिरा रानाले पनि स–साना काम अहएको र कानुन कार्यान्वयनमा उल्झन सिर्जना गरेको भन्दै असन्तुष्ट बनेकी हुन् । यो विषयमा एसपी खड्काले झापा क्षेत्र नं १ की सांसद निशा डाँगीसँग गुनासो गरेकी छिन् ।
उनले स्थानीय कार्यकर्ता र सांसदले नै कानुनको कुरा नबुझेकाले आफूलाई काम गर्न अप्ठेरो भएको बताएकी थिइन । इन्दिरा रानाले पनि स्थानीयहरुको समस्यामा पनि प्रहरीलाई अघि सार्न खोजेको तथा राजनीतिक रुपमा समाधान हुने विषयलाई प्रहरीलाई दोष थोपेर उम्कन खोजेको भन्दै असन्तुष्टि जनाएकी थिइन । सांसद डाँगी यो विषय पार्टीको उपल्लो तहमा पुर्याउने बचन दिएकी थिइन ।
सांसद निशा डागीले झापाकी एसपीको गुनासो अर्का सांसद गणेश पराजुलीसमक्ष पुर्याएकी छिन् । उनले एपीको गुनासो रहेको र कार्यकर्ता तथा सांसदहरुले समेत अप्ठेरो पारेको भन्दै सम्झाउनु पर्ने बताएकी थिइन । पराजुलीले साथीहरुसँग छलफल गरेर सहजीकरण गर्नेबचन दिएका छन् ।
निर्वाचनको बेला झापा पुगेकी खड्काले प्रधानमन्त्री बालेन्द्र साहको साथ पाउँदै आएकी छिन् । उनको सम्बन्ध प्रधानमन्त्रीको सचिवालयसँग पनि राम्रो रहेको छ । सचिवालयसँग राम्रो सम्बन्ध भएकै कारण एसएसपी दिलीप घिमिरेको काठमाडौँ परिसरमा सरुवा भएको थियो । एसएसपी घिमिरे र खड्का पतिपत्नी हुन् ।
एसपी खड्कालाई फागुन २१ का लागि घोषित निर्वाचनको आचारसंहिता लागू हुनुपूर्व प्रहरी प्रधान कार्यालयले माघ ५ गते झापा पठाएको थियो । नेपाल प्रहरी संगठनकै उत्कृष्ट अधिकृतका रुपमा परिचित खड्काको झापा पोस्टिङ भएसँगै झापा जिल्ला थप आकर्षणको केन्द्र बनेको थियो । पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन्द्र (बालेन) साहबीचको चुनावी टक्करलाई मध्यनजर गर्दै हेडक्वार्टरले खड्कालाई पठाएर एसपी राजन लिम्बूको सरुवा गरिएको थियो । लिम्बूको सरुवामा ओलीले आपत्ति जनाएका थिए ।














