Logo
Logo

चीन जाँदै कांग्रेस उपसभापति विश्वप्रकाश शर्मा


0
Shares

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा आज राति पाँचदिने चीन भ्रमणमा जाँदै छन्। उनको सचिवालयका अनुसार शर्मा व्यक्तिगत टोलीबिनै एक्लै चीन प्रस्थान गर्न लागेका हुन्।

कांग्रेस स्रोतका अनुसार भ्रमणका क्रममा शर्माले चिनियाँ पक्षसँग राजनीतिक भेटघाटसमेत गर्ने कार्यक्रम रहेको छ। यद्यपि, उनको सचिवालयले भ्रमणको विस्तृत तालिका सार्वजनिक गरेको छैन।

कांग्रेसभित्र नेतृत्व र संगठनात्मक विषयलाई लिएर आन्तरिक विवाद चुलिएका बेला शर्मा चीन भ्रमणमा जान लागेका हुन्। संस्थापन इतर समूहले साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ, जसलाई पार्टीभित्रको शक्ति प्रदर्शनका रूपमा हेरिएको छ।

यसैबीच, नेपाली कांग्रेसले साउन २४ गते केन्द्रीय कार्यसमिति बैठक पनि बोलाएको छ। उपसभापति शर्मा उक्त बैठकअघि नै चीनबाट स्वदेश फर्किने कार्यक्रम रहेको स्रोतले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्