Logo
Logo

कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने


315
Shares

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले  देशभर मनसुनी वायुको प्रभाव रहेको र हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भू-भाग नजिक रहेको जानकारी दिएको छ ।

The current image has no alternative text. The file name is: rain.jpg

हाल देशभर साधारणतया बादल लागेको छ । कोशी, लुम्बिनी, कर्णाली प्रदेशको केही स्थान तथा मधेश, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशको हिमाली भू-भागका केही स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। देशका पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। देशका तराई भू-भाग केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

त्यस्तै आज राति देशभर साधारणतया बादल लाग्नेछ।  कोशी, बागमती, गण्डकी प्रदेशको हिमाली  भू-भागका केही स्थान तथा लुम्बिनी,  कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागको थोरै स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। कोशी, बागमती, गण्डकी  र लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भाग साथै मधेश प्रदेशका धेरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कर्णाली प्रदेशका पहाडी भू-भाग र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागका केही स्थानमा  मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भाग तथा मधेश प्रदेशको एक-दुई स्थानमा भारी  वर्षाको सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्