Logo
Logo

बागमतीमा हानेपाका बज्राचार्य बने भौतिक पूर्वाधारमन्त्री


2.6k
Shares

काठमाडौं । हाम्रो नेपाली पार्टी (हानेपा) का शैलेन्द्रमान बज्रचार्य बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्री नियुक्त भएका छन् । नेकपा एमाले र नेकपाबीच सत्ता साझेदारीमा नयाँ सरकार गठनको तयारी भइरहेको बेला मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले हानेपालाई सरकारमा सहभागी गराएका हुन् ।

यसअघि भौतिक पूर्वाधारमन्त्री बिनु रायमाझी पौडेलले राजीनामा दिएकी छन् । मुख्यमन्त्री बानियाँकै निर्देशनमा पौडेललाई राजीनामा गराएर हानेपालाई मन्त्री पद दिएर सरकारमा भित्र्याइएको हो ।

उनको शपथ अपराह्न ४ बजे हुनेछ । उनलाई प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले शपथ ग्रहण गराउने छन्। हानेपा कांग्रेस नेतृत्वको सरकारमा सामेल भएसँगै एमाले र नेकपालाई अर्को चुनौती आइपरेको छ ।

एमाले र नेकपाको गठबन्धनलाई राप्रपाले समर्थन नगरे हानेपासँग गठबन्धन गर्ने तयारी गरेका थिए । तर, हानेपा कांग्रेस नेतृत्वको सरकारमा सहभागी भएको हो । प्रदेशसभामा हानेपाका २ सांसद छन् । हाल १०४ सदस्यीय बागमती प्रदेश सभामा बहुमतका लागि ५३ सांसदको समर्थन चाहिन्छ ।

प्रतिक्रिया दिनुहोस्