
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र उपचारका क्रममा मृत्यु भएका वर्षीय रविन्द्र मेहताका परिवारबीच वार्ता सुरु भएको छ ।महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा केहि बेरअघि मेहताका परिवार र गृहमन्त्रीबीच वार्ता सुरु भएको हो ।
यही साउन १० गते राति कोशी प्रदेशको सुनसरीस्थित देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनामा मेहता घाइते भएका थिए । त्यसपछि शिक्षण अस्पतालमा उपचाररत मेहताको उपचारका क्रममा आज निधन भएको थियो ।
यसअघि आजै गृहमन्त्री सुधन गुरुङले हिन्दु र मुस्लिम समुदायका नेताहरुसँग छुट्टाछुट्टै भेटघाट तथा छलफल गरेका थिए ।गृहमन्त्रालयमा भएको छुट्टाछुट्टै भेटमा दुवै समुदायका विभिन्न नेताहरुको सहभागिता थियो ।














