Logo
Logo

गृहमन्त्रीद्वारा प्रधानमन्त्रीलाई मधेशको अवस्थाबारे ब्रिफिङ


504
Shares

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले तराई–मधेशको अवस्थाबारे प्रधानमन्त्री वालेन शाहलाई ‘ब्रिफिङ’ गरेका छन् ।
मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर गृहमन्त्री गुरुङले प्रधानमन्त्रीलाई २५ मिनेट ‘ब्रिफिङ’ गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सुनसरीको कप्तानगन्जमा साउन ९ गते दुई समूहबीच विवाद उत्पन्न भएपछि झडपको स्थिति आएको थियो । सो क्रममा सुरक्षाकर्मीले चलाएको गोली लागेर स्थानीय २१ वर्षीय ओमप्रकाश मेहताको घटनास्थलमै मृत्यु भएको थियो । गोली लागेर घाइते भएका दुई युवक २२ वर्षीय जयप्रकाश मेहता र २१ वर्षीय रवीन्द्रकुमार मेहताको पनि ज्यान गएको छ ।

कप्तानगन्जमा युवकको मृत्यु भएपछि विवाद बढ्दै जाँदा सिरहा, धनुषालगायतका जिल्लामा पनि झडप भएको थियो । सिरहाको गोलबजारमा गोली लागेर स्थानीय गणेश यादवको मृत्यु भएको थियो । मृतकका परिवारसँग सहमति गर्न गृहमन्त्री गुरुङ सुनसरी र सिरहा पुगेका थिए । सो क्रममा आसपासका क्षेत्रको पनि अवलोकन गरेर फर्केका गृहमन्त्री गुरुङले आज प्रधानमन्त्री शाहलाई तराई–मधेशको ताजा अवस्थाबारे ‘ब्रिफिङ’ गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्