Logo
Logo

रेडक्रसका ६२ जिल्ला शाखालाई २१ दिनभित्र बक्यौता रकम बुझाउन निर्देशन


126
Shares

काठमाडौं । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयले ६२ वटा जिल्ला शाखाहरूलाई समयदेखिको बक्यौता रकम केन्द्रीय खातामा जम्मा गर्न निर्देशन दिएको छ । महामन्त्री ऋषिरमण खनालले लामो पत्र लेखेर २१ दिनभित्र अनिवार्य रूपमा बक्यौता रकम केन्द्रीय कार्यालयको बैंक खातामा जम्मा गरी सोको भौचर वा प्रमाण पठाउन ६२ वटा जिल्ला शाखाहरूलाई भनेका हुन् ।

विगतमा विभिन्न निकायबाट भएका अध्ययन, छानबिन र समाज कल्याण परिषद्को सुझावका आधारमा रेडक्रसले यो कदम चालेको पत्रमा उल्लेख छ । ती जिल्ला शाखामा ब्लड ब्याग, किटलगायत फरक–फरक शीर्षकमा गरी २५ वर्षदेखिको झण्डै २ करोड बक्यौता रहेको बताइएको छ । दिइएको समयसीमामा रकम जम्मा नगरे प्रचलित ऐन कानुन र संस्थाको विधान अनुसार थप कारबाही अघि बढाइने महामन्त्री खनालले बताएका छन् ।

बक्यौताका लागि ताकेता गरिएका जिल्लाहरुमा ताप्लेजुङ, पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, धनकुटा, मोरङ, सुनसरी, भोजपुर, सोलुखुम्बु, खोटाङ, उदयपुर, सिराहा, सप्तरी, दोलखा, सिन्धुली, सर्लाही, महोत्तरी, धनुषा, रसुवा, धादिङ, नुवाकोट, काभ्रेपलाञ्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर, बारा, पर्सा, रौतहट, अर्घाखाँची, गुल्मी,नवलपरासी (पश्चिम), रुपन्देही, कपिलवस्तु, गोरखा, तनहुँ, मनाङ, पर्वत, म्याग्दी, मुस्ताङ, बागलुङ, जाजरकोट, सुर्खेत, बाँके, बर्दिया, रुकुम (पश्चिम), रोल्पा, सल्यान, प्युठान, हुम्ला, अछाम, बझाङ, बाजुरा, कैलाली, डोटी, दार्चुला, बैतडी, डडेल्धुरा, कञ्चनपुर, नवलपरासी (पूर्व) रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्