
काठमाडौं । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्रै बिजुली नभएपछि संसदीय समिति बैठक नै करिब १० मिनेट अवरूद्ध भएको छ ।
कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक सुरू हुनेबित्तिकै आज बिहान बिजुली गएको थियो । समितिमा आज स्वतन्त्र न्यायपालिका तथा न्याय प्रशासनको वर्तमान अवस्था, समस्या र समाधानबारे छलफल गर्ने कार्यसूची छ ।
छलफलमा सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेल, संविधान सभा सदस्य खिमलाल देवकोटा लगायतलाई बोलाइएको छ ।














