Logo
Logo

एक-दुई दिनमै होर्मुज नखोले इरानले ‘गम्भीर परिणाम’ भोग्ने ट्रम्पको चेतावनी


630
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलमार्ग चाँडै पुनः सञ्चालनमा नआए इरानले ‘गम्भीर परिणाम’ भोग्नुपर्ने चेतावनी दिएका छन् ।

क्यालिफोर्निया भ्रमणका क्रममा फक्स न्युजसँग कुरा गर्दै उनले जलमार्ग पुनः खोल्ने विषयमा अमेरिका, इरान र ओमानबीच वार्ता सकारात्मक दिशामा अघि बढिरहेको बताउँदै सम्झौता एक–दुई दिनभित्र हुन सक्ने विश्वास व्यक्त गरे ।

उनले त्यसो नभए इरान ‘धेरै नराम्ररी प्रभावित’ हुने चेतावनी दिँदै अन्ततः जलमार्ग खुल्ने दाबी गरे।

ट्रम्पको यो प्रतिक्रिया अमेरिका, इरान र ओमानबीच जलमार्ग पुनः सञ्चालनका लागि अन्तरिम सम्झौता अन्तिम चरणमा पुगेको र अमेरिकाले बुधबार त्यसको घोषणा गर्न सक्ने एक्सियोसको समाचार सार्वजनिक भएपछि आएको हो।

उनले अमेरिका र इरानबीचको वार्ता सकारात्मक रहेको उल्लेख गर्दै दुवै पक्ष द्वन्द्व अन्त्य गर्ने उपाय खोज्ने प्रयासमा रहेको बताए।

‘कार्य नै सबैभन्दा महत्त्वपूर्ण हो, उनीहरू सम्झौता गर्न चाहन्छन्, के हुन्छ हेर्दै जाऔँ’, ट्रम्पले भने। उनले आफूलाई कूटनीतिक प्रयासका लागि पर्याप्त समय रहेको पनि बताए।

पछि क्यालिफोर्नियाबाट लास भेगासतर्फ प्रस्थान गर्नुअघि एयर फोर्स वानमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले सम्झौता ‘भोलि वा पर्सिसम्म’ हुन सक्ने विश्वास व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्