Logo
Logo

आपसी मेलमिलाप, सहअस्तित्व र एकताले नै राष्ट्रिय सामर्थ्य बढाउँछ : ओली


315
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आपसी मेलमिलाप, सहअस्तित्व र एकताले राष्ट्रिय सामर्थ्य बढाउने बताएका छन् ।

The current image has no alternative text. The file name is: kp-sharma-oli-2.jpg

विश्व आदिवासी दिवसको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै उनले भनेका छन्, ​’नेपालको जातीय, भाषिक र सांस्कृतिक विविधता हाम्रो राष्ट्रिय सौन्दर्य र शक्ति हो । हामी बिचको आपसी मेलमिलाप, सहअस्तित्व र एकताले हाम्रो राष्ट्रिय सामर्थ्य बढाउने छ ।;

संविधानले सबै समुदायको समान अधिकार, समावेशी र सहभागितामूलक प्रतिनिधित्वको ग्यारेन्टी गरेको उनले उल्लेख गरे । समावेशी लोकतान्त्रिक व्यवस्था र राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै समृद्ध नेपाल निर्माणको साझा गन्तव्यमा एकताबद्ध हुन उनले सबैमा आह्वान गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्