Logo
Logo

भक्तपुरको उत्साहित सुधार गृहमा युवकको मृत्यु भएपछि तनाव


630
Shares

काठमाडौं । भक्तपुरको एक सुधार गृहको अवस्था तनावपूर्ण बनेको छ । सूर्यविनायक नगरपालिका–१ सिरुटारमा रहेको उत्साहित सुधार गृहमा राखिएका एक युवकको मृत्यु भएपछि स्थिती नतावपूर्ण भएको हो ।

उपचारका लागि अस्पताल लगिएकोमा उनको आइतबार बिहान ४ बजे मृत्यु भएको बताइएको छ । तर सुधार गृहमा राखिएका अन्य व्यक्तिहरूले भने कुटेर उनको हत्या गरेको आरोप लगाएका छन् ।

उनीहरूले छानबिन गरेर दोषीलाई कारबाही गर्नुपर्ने माग राख्दै सुधार गृहमै नाराबाजी गरेका छन् । अहिले उक्त ठाउँमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्