Logo
Logo

सुनकोसीमा हाम फालेर बेपत्ता भएका दम्पतीमध्ये एकजनाको शव फेला


1.1k
Shares

काठमाडौं । दोलालघाटबाट सुनकोसी नदीमा हाम फालेर बेपत्ता भएका दम्पतीमध्ये वृद्धाको शव फेला परेको छ ।

काभ्रेको मण्डनदेउपुर नगरपालिका–७ का ६७ वर्षीया तिलकुमारी पराजुलीको शव ओखलढुंगाको हर्कपुरस्थित सुनकोसी नदी किनारामा आइतबार साँझ फेला परेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख राजबाबु मर्हजनले जानकारी दिए ।

गएको बुधबार तिलकुमारी र उनका श्रीमान् केदार पराजुली नदीमा हाम फालेर बेपत्ता भएका थिए । केदारले श्रीमतीलाई पिँठ्युमा बोकेर नदीमा हाम फालेको खुलेको थियो । क्यान्सर रोगको उपचार गराइरहेका तिलकुमारीलाई श्रीमान् केदारले स्याहार गर्दै आएका थिए ।

पछिल्लो समय केदारको पनि स्वास्थ समस्या देखिएपछि उनीहरू दुुवैजना नदीमा हाम फालेको खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्