Logo
Logo

बालुवाटारमा रवि लामिछाने र प्रधानमन्त्री बालेनबीच ४५ मिनेट कुराकानी


819
Shares

काठमाडौं । सरकार र पार्टीबीच चुलीएको विवादकाबीच प्रधानमन्त्री बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच ४५ मिनेट कुराकानी भएको छ । प्रधानमन्त्री बालेनलाई भेट्न सभापति लामिछाने आइतबार साँझ बालुवाटार पुगेका हुन् ।

The current image has no alternative text. The file name is: Rabi-Balen.jpg

बालेनले पछिल्लोपल्ट फेसबुकमा आफू विभिन्न चुनौतीसँग एक्लै लड्नुपरेको भनी अभिव्यक्ति दिएपछि सभापति लामिछाने असन्तुष्ट थिए । भेटमा केही राजनीतिक नियुक्ति, सरकारका सम्भावित कदम तथा पार्टीका अपेक्षाबारे दुई नेताबीच कुराकानी भएको जनाइएको छ । 

भेटमा प्रधानमन्त्रीले छिट्टै गर्ने भनिएको भारत भ्रमण तथा सभापति लामिछानेले केही दिनपछि गर्ने भनिएको चीन भ्रमणका बारेमा छलफल भएको जनाइएको छ । त्यस्तै, राजदूतहरूको छनोट, केही उच्च तहका नियुक्ति तथा मन्त्रीहरूको भूमिकाबारे पनि  छलफल भएको जनाइएको छ ।

बालेन प्रधानमन्त्री बनेयता लामिछाने दोस्रोपल्ट बालुवाटार निवास गएका हुन् । बालेनले निवासमा अनौपचारिक जमघट र पारिवारिक बाहेक प्रायः कुनै पनि भेटघाट गर्दैनन् ।

प्रतिक्रिया दिनुहोस्