काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आज नेपालस्थित भारत र चीनका राजदूतसँग छुट्टाछुट्टै वार्ता गर्दै छन् ।

प्रधानमन्त्री शाहले प्रधानमन्त्री नियुक्त भएपछि पहिलोपटक कुनै पनि देशमन राजदूतसँग ‘वान टु वान’ वार्ता गर्न लागेका हुन् । शाहले यसअघि कुनै पनि राजदूतसँग एकल भेट नगर्ने अडान लिएका थिए । सोहीअनुसार प्रधानमन्त्री शाहले सामूहिक भेटवार्तालाई जोड दिएका थिए । तर, उनले आजबाट वान टु वान वार्ता सुरु गर्न लागेका हुन् ।
प्रधानमन्त्री शाहले नेपालका छिमेकी दुई देश भारत र चीनका राजदूतसँग भेट वार्ता गर्ने तय भएको छ । उनले पहिला भारतका राजदूत नवीन श्रीवास्तवसँग भेटवार्ता गर्ने, त्यसपछि चीनका राजदूत चाङ माओमिङसँग भेट गर्ने कार्यतालीका रहेको छ । प्रधानमन्त्री शाहले भोलि अमेरिकी राजदूतसँग भेट्ने कार्यतालिका तय भएको छ ।














