Logo
Logo

विवादमा फिफा अध्यक्ष इन्फान्टिनो, ठुलो रकम भुक्तानीको आरोप


378
Shares

काठमाडौं । विश्व फुटबल महासङ्घका अध्यक्ष जियानी इन्फान्टिनोले युरोपेली फुटबल महासङ्घमा महासचिव रहँदा एक महिला कर्मचारीलाई गरिएको ठूलो रकमको भुक्तानीलाई लिएर उठेको आरोप अस्वीकार गरेका छन् ।

The current image has no alternative text. The file name is: fifa.jpg

बेलायती पत्रिका ‘द टेलिग्राफ’ले इन्फान्टिनोसँग सम्बन्ध रहेको आरोप लागेकी एक कनिष्ठ महिला कर्मचारीलाई संस्था छाड्दा ठूलो रकम र व्यवस्थापनसम्बन्धी अध्ययनको शुल्कसमेत दिइएको समाचार प्रकाशित गरेको थियो । ती महिलाको नाम भने सार्वजनिक गरिएको छैन ।

युरोपेली फुटबल महासङ्घले सम्बन्धित कर्मचारीलाई संस्था छाड्दा भुक्तानी गरिएको र उनको व्यवस्थापनसम्बन्धी अध्ययनको शुल्क पनि तिरिएको पुष्टि गरेको छ । महासङ्घका अनुसार उक्त भुक्तानी त्यतिबेला लागू नियमअनुसार नै गरिएको थियो । तर, सन् २०१६ पछि कर्मचारीसम्बन्धी नियम थप कडा बनाइएको छ ।

इन्फान्टिनोले भने आफूमाथिका आरोप पूर्ण रूपमा असत्य रहेको बताएका छन् । उनका प्रवक्ताले अनुचित आचरण वा नियम उल्लङ्घनको संकेत गर्नु मानहानिकारक भएको बताएका छन् ।

यसैबीच, विश्व फुटबल महासङ्घ र इन्फान्टिनोमाथि दबाब बढिरहेका बेला युरोपेली फुटबल महासङ्घले विश्वकपसहितका प्रतियोगिता बहिष्कार गर्न सक्ने चेतावनी दिँदै उनको नेतृत्वप्रति विश्वास नरहेको सार्वजनिक गरिसकेको छ । खेलाडीहरूको अन्तर्राष्ट्रिय सङ्घले पनि इन्फान्टिनोको नेतृत्वप्रतिको विश्वास गम्भीर रूपमा कमजोर भएको जनाएको छ ।

दक्षिण अमेरिकी फुटबल महासङ्घले भने इन्फान्टिनोको भविष्यबारे तत्काल विशेष अधिवेशन बोलाउने पक्षमा नरहेको जनाएको छ । अफ्रिकी फुटबल महासङ्घले उनको नेतृत्वलाई समर्थन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्