Logo
Logo

प्रधानमन्त्री बालेनलाई मोदीको शुभकामना सन्देश हस्तान्तरण


567
Shares

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहसँगको भेटमा भारतीय राजदूत नवीन श्रीवास्तले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शुभकामना सन्देश हस्तान्तरण गरेका छन् ।  

The current image has no alternative text. The file name is: modi.jpg

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार प्रधानमन्त्री शाह र भारतीय राजदूत श्रीवास्तवबीच शिष्टाचार भेटवार्ता भएको हो । भेटवार्ताका क्रममा भारतीय प्रधानमन्त्री मोदीको शुभकामना सन्देश हस्तान्तरण गरेको राजदूत श्रीवास्तवले उल्लेख गरेका छन् । 

प्रधानमन्त्री शाहसँगको शिष्टाचार भेटबारे सामाजिक सञ्जालमार्फत जानकारी दिँदै भारतीय राजदूत श्रीवास्तवले द्विपक्षीय हितका विषयमा छलफल भएको जनाएका छन् । ‘भारत र नेपालबीचको मजबुत एवं बहुआयामिक साझेदारीलाई अझ सुदृढ बनाउने विषयमा फलदायी र सकारात्मक छलफल भयो,’ श्रीवास्तवले लेखेका छन्। 

प्रधानमन्त्री शाहको सचिवालयले पनि भेटवार्ताका क्रममा नेपाल९भारतबीचको द्विपक्षीय मित्रता, पारस्परिक हित, विकास साझेदारी तथा सहकार्यका विविध विषयमा छलफल भएको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्