Logo
Logo

गगन समूहले रास्वपासँग मीत लगाएको मोहन बस्नेतको आरोप


630
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टी सभापति गगन थापा समूहले रास्वपासँग मित लगाएको आरोप लगाएका छन्।

कांग्रेसको सिन्धु-काठमाडौं सम्पर्क समितिको युवा भेलालाई सम्बोधन गर्दै विगतको चुनावमा काठमाडौं ४ मा रास्वपाकै सहयोगमा गगनले चुनाव जितेको दाबी गरे।

उनले भने, ‘नौटङ्की गरेर रास्वपासँग मित लगाएर हिजो थापाजीले काठमाडौं ४ मा जितेको हो। चितवनमा रास्वपालाई सहयोग गरेको कांग्रेस स्वयंले हो। होइन भन्ने कोही छरु त्यसपछि अब त्यसरी ढाँटेर उहाँहरू अहिले पनि छलछाम गरेर भ्याउँछु भन्न खोजेको होलान्।’

उनले आफूहरूले धोई पखाली गरेर फेरि इमानदार, सक्षम कांग्रेस बनाउने खोजेको बताए।

उनले भने, ‘मुलुक र जनताको हित गर्ने कांग्रेस बनाउँछौँ। यो बकवास गरेर दुई चार दिनको लागि चटक देखाउने कांग्रेस होइन। मुलुक र जनता र प्रजातन्त्रको लागि सधैँ लड्ने कांग्रेस हो।’

प्रतिक्रिया दिनुहोस्