
काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा आएको हिमपहिरोमा परी ज्यान गुमाएका तीन आरोहीको शव मंगलबार नेपाल ल्याइने भएको छ ।
रास्वपा सांसद मिङ्माडेभिड शेर्पाले तीन नेपाली आरोहीको शव काठमाडौं ल्याउन लागिएको जानकारी दिए । उनका अनुसार किलु शेर्पा, निमा शेर्पा र ग्यालु शेर्पाको शव मंगलबार कतार एयरवेजको उडानबाट दोहा हुँदै नेपाल ल्याउन लागिएको हो ।
अपराह्न ४ः४५ बजे कतारको जहाज काठमाडौं अवतरण गर्ने छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरणपछि आवश्यक प्रक्रिया पूरा गरी उनीहरूको पार्थिव शरीर नेपाल पर्वतारोहण संघको कार्यालयमा राखिने भएको छ ।














